नियम २०
अपाङ्गता भएका बालबालिकाको पहुँच
(१) बाल सुधार गृहले प्रदान गर्ने सेवा सुविधा अपाङ्गता भएका बालबालिकाको पहुँचमा हुनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको पहुँचको सुनिश्चितताको लागि अपाङ्गता भएका वा विशेष हेरचारको आवश्यकता भएका बालबालिकालाई आवश्यक उपयुक्त सहायक सामग्री वा उपकरण उपलब्ध गराउने व्यवस्था बाल सुधार गृहले गर्नु पर्नेछ ।